default_image

6 years ago

April 21, 2018

लिभरपुलको बराबरीमा सालाहको कीर्तिमानी गोल

50 views

0 Bookmark

वेस्ट ब्रोमविच (एजेन्सी) – लिभरपुलका इजिप्सियन फरवार्ड मोहम्मद सालाहले प्रिमियर लिगको सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरे पनि लिभरपुलले वेस्ट ब्रोमको घरेलु मैदानमा २-० को अग्रता गुमाउँदै २-२ को बराबरी खेलेको छ। 

३८ खेलको प्रिमियर लिगमा एकै सिजनमा ३१ गोल गर्दै सालाहले यो कीर्तिमान बराबरी गरेका हुन्। यसअघि न्यूक्यासल युनाइटेडका लेजेन्ड एलेन सीयरर, म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका लुइस स्वारेजको नाममा एकै सिजनमा ३१ गोल गर्ने कीर्तिमान संयुक्त रुपमा थियो।

सीयररले १९९५-९६ , रोनाल्डोले २००७-०८ र लुइस स्वारेजले २०१२-१३ को सिजनमा ३१ गोल गरेका थिए। प्रिमियर लिगमा एक टोलीले ४२ खेल खेल्दा भने न्यूक्यासलका एलेन कोल (१९९३-९४) र ब्लाक्बर्न रोभार्सबाट खेल्दा (१९९४-९५) सीयररले ३४ गोल गरेका थिए।

सालाहले दोस्रो हाफको ७२ औं मिनेटमा एलेक्स ओक्सलेट च्याम्बरलेनको पासमा चिप गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाउने क्रममा उक्त कीर्तिमानमा आफ्नो नाम लेखाएका थिए। त्यसअघि खेलको सुरुआतमा ड्यानी इङ्सले चौथो मिनेटमै लिभरपुललाई अग्रता दिलाएका थिए।

घरेलु टोलीले ७९ औं मिनेटमा जेक लिभरमोर र ८८ औं मिनेटमा सलोमोन रोनडनको गोलमा बराबरी गर्यो। लिभरपुलको तेस्रो स्थानमा ७१ अंक छ भने २५ अंक सहित लिगको पुछारमा रहेको वेस्ट ब्रोम रेलिगेसन हुने लगभग पक्का छ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.