9 years ago
January 23, 2016
बंगबंधु गोल्ड कपको उपाधि जितेको राष्ट्रिय टोलीले आज नगर परिक्रमा गरेको छ|
विमानस्थलबाट सुरु भएको परिक्रमा गौशाला, पुरानो बानेश्वोर, मैतिदेवि, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धारा, न्युरोड परिक्रमा, रत्नपार्क, सहिदगेट हुदैं रंगशाला गएर टुंगिएको थियो| खेलाडीहरुको स्वागतार्थ विमानस्थल देखि हजारौं समर्थकहरु रंगशाला सम्म पुगेका थिए|
रंगशालामा खेलाडीहरुलाई बधाई ज्ञापन कार्यक्रममा सदस्य सचिव केशब कुमार बिष्ट लगाएत एन्फाका पदाधिकारीहरुको उपस्थिति थियो| कार्यक्रममा बोल्दै अदास्य सचिव केशब कुमार बिष्टले नेपाली खेलकुदमा लागेको कालो दागलाई अबका दिनमा फर्केर हेर्नु नपर्ने भन्दै कुनै पनि खेलाडीहरुले म्याच फिक्सिङ्गको आरोप झेल्नु नपर्ने बताए । उनले खेलाडीहरुले बगंबन्धु रङ्गशालामा जुन जुझारुपनको जित निकाले त्यो जित खेलाडी, फुटबल र खेल क्षेत्रका मात्र नभई तीन करोड नेपालीको जित भएको बताए ।
सदस्य सचिव बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा हारको खडेरीलाई यस बिजयले परिपूर्ति गरेको भन्दै नजिकै आएैका १२ औं दक्षिण एशियाली खेलकुदमा समेत यसलाई निरन्तरता प्रदान गर्ने बिश्वास ब्यक्त गरे ।
यस्तै सदस्य सचिव बिष्टले टोलीका प्रत्येक सदस्यलाई २ लाख प्रदान गर्न सरकारलाई अनुरोध गर्ने समेत बताए ।
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]