default_image

7 years ago

April 20, 2018

जितसँगै पर्सिजा शिर्षस्थानमा

58 views

0 Bookmark

सेमाराङ (एजेन्सी) – इन्डोनेसियन लिगा वोनमा पेर्सिजा जाकार्ताले पिएसआईएस सेमाराङलाई ४-१ ले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ। सेमाराङको घरेलु मैदानमा भएको खेलमा रोहित चन्दले पुरै ९० मिनेट खेले। 

rohit persija

तस्बिर : पर्सिजा जाकार्ता

पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। पर्सिजाले जेमर्सनको ६९ औं मिनेटको गोलमा अग्रता लियो। जेमर्सनले ७३ औं मिनेटमा पुनः गोल गर्दै भ्रमणकारी पर्सिजाको अग्रता दोब्बर गरे। खेलको ८३ औं मिनेटमा २६ वर्षीय इन्डोनेसियन मिडफिल्डर रिको सिमानजुन्ताकले पर्सिजालाई तेस्रो गोल दिलाए। त्यस्तै पर्सिजाका भरपर्दा स्ट्राइकर मार्को सिमिकले इन्जुरी समयमा गोल गर्दै पर्सिजालाई ४-० को अग्रता दिलाए। घरेलु टोलीका अब्दु लेस्तालुहूले इन्जुरी समयमा सान्त्वना गोल गरे।

यो जितसँगै पर्सिजा अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। ५ खेलमा १० अंक सहित पर्सिजा शिर्ष स्थानमा छ भने दोस्रो स्थानको पर्सिपुरा जयपुराको ४ खेलमा ८ अंक छ। सेमाराङ भने ५ खेलमा ५ अंक सहित १४ औं स्थानमा छ।

February 11, 2025

उमन्स च्याम्पियनसिप – टिकट दर १ हजार र ५ सय

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि १ हजार र ५ सय रुपैयाँको टिकट दर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलनमार्फत टिकट दर सार्वजनिक गर्नुका साथै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ। दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि एन्फाले भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ […]

February 11, 2025

उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा राराको‌ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३-० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस […]

February 11, 2025

च्याम्पियन्स लिग – रियल र सिटी भिड्दै

एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]

Success

Thank you for your time.