7 years ago
April 20, 2018
इलाम (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोयिगतामा विजयी सुरुआत गरेको छ। प्रि-क्वाटर फाइनलमा काबरान प्रगति संघ बंगलादेशलाई ३-१ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
एपिएफलाई युबराज खडकाले खेलको १० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रूप बहादुर लामाले ३५ औं मिनेटमा गोल गर्दै एपिएफको अग्रता दोब्बर गरे। दोस्रो हाफको सुरुआतमा नविन लामाले गोल गर्दै एपिएफको जितको आधार थप बलियो बनाए।
विदेशी टोलीका अलमगिरले ७५ औं मिनेटमा गोल गरे पनि त्यो पर्याप्त रहेन।
एपिएफलाई दोस्रो गोल दिलाएका रूप बहादुर खेलको ‘म्यान अफ दी म्याच’ चुनिए। उनले १०,००० प्राप्त गरे।
तस्बिर : दिलिप राई
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि १ हजार र ५ सय रुपैयाँको टिकट दर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलनमार्फत टिकट दर सार्वजनिक गर्नुका साथै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ। दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि एन्फाले भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ […]
February 11, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३-० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस […]
February 11, 2025
एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]