6 years ago
April 20, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत रियल सोसिडाडले एट्लेटिको म्याड्रिडलाई ३-० ले हराएको छ ।
स्लिपेनिस लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको विलियन जोसेले २७ अौं मिनेटमा गोल गरेपछि पछाडि परेकाे थियो । अन्तिम १० मिनेटमा जुअान्मीले २ गोल गरेपछि जित पक्का भएको थियो ।
एट्लेटिकोको यस हारसँगै बार्सिलोनाले लिग उपाधि जित्ने लगभग पक्का भएको छ । ५ खेल बाँकी रहँदा बार्सिलोना १२ अंकले अगाडि छ । अब बार्सिलोनाले अर्को खेल जितेर एट्लेटिकोले तीन अंक जोड्न नसके बार्सिलोनाले अर्को खेलपछि लिग जित्नेछ ।
लिगकै अन्य खेलमा जिरोनाले अलाभेलाई २-१ तथा लेभान्टेले मालागा र रियल बेटिसले लास पाल्मासलाई १-० ले पराजित गरे।
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]
October 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]