7 years ago
April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत व्यावसायिक खेलका लागि एक महिना अघि माल्दिभ्स पुगेका थिए । माल्दिभ्स १८/३० महिला फुटसल फिस्टामा त्यहाँको पुलिस क्लबलाई च्याम्पियन बनाउने लक्ष्यका साथ त्यहाँ पुगेका थिए । तर, लक्ष्यबाट उनी थोरै चुके ।
उनीहरु सम्मिलित टोली उपाधिबाट विमुख हुन पुग्यो । फाइनलमा पुलिस एमपिएलसँग ३–२ ले पराजित भएको थियो । नियमित समयमा १–१ को बराबरीपछि टाइब्रेकरमा पुलिस पराजित भएको थियो । तर, टोलीलाई फाइनल सम्म पुुर्याउनमा सबैभन्दा मुख्य भूमिका सावित्रा र अनिताकै रह्यो ।
अन्तिम खेलमा टोलीलाई जित दिलाउन नसेपनि फाइनल सम्म पुर्याउन उनीहरुको त्यसमध्ये पनि सावित्राको भूमिका कति रह्यो भन्ने उनले प्राप्त गरेको व्यक्तिगत अवार्डबाट पनि प्रष्ट हुन्छ । उपविजेताको उपाधि बाहेक सावित्राले प्रतियोगितामा व्यक्तिगत अवार्ड ७ वटा जितेकी छिन् । ४ खेलमा क्विन अफ दी म्याच बनेकी सावित्रा क्विन अफ दी टुर्नामेन्ट समेत बनेकी छन् ।
त्यस्तै प्रतियोगिताकै उच्च गोलकर्ता बनेकी उनी प्रतियोगिताका उत्कृष्ट पाँच खेलाडीमा पनि पर्न सफल भइन् । प्रतियोगितामा सावित्राले फाइनलबाहेक सबैमा गोल गरिन् । उनले १९ गोल गरिन् भने फाइनलमा १ गोल गरेकी अनिताको नाममा ९ गोल रह्यो ।
माल्दिभ्समा सावित्रा र अनिताको यो दोस्रो सिजन हो । गत सिजन उनीहरुले माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका थिए । दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रा गत वर्ष पनि सोही प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि १ हजार र ५ सय रुपैयाँको टिकट दर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलनमार्फत टिकट दर सार्वजनिक गर्नुका साथै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ। दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि एन्फाले भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ […]
February 11, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३-० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस […]
February 11, 2025
एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]