7 years ago
April 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को रोकिएको निर्वाचन र तत्काल लिगको मिति घोषणा गर्न माग गरेको छ । एन्फाअन्तर्गतकै खेलाडी संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोकिएको एन्फाको चुनावी साधारणसभाको मिति तत्काल घोषणा गरी ३ वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिग गर्न माग गर्दै एन्फालाई ध्यानाकर्षण गराएको हो ।
‘नेपालमा सबैभन्दा बढी रुचाइने फुटबलको घरेलु अवस्था निाशजनकमात्र हैन । अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको छ । यस्तो अवस्था सिर्जना भैसक्दा संघको ध्यान जानुपर्ने हो ’ खेलाडी संघका उपाध्यक्ष तथा राष्ट्रिय टिमका कप्तान विराज महर्जनले भने, ‘फुटबलकै मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग तीनवर्षदेखि हुन नसक्दा फुटबलमा आश्रित खेलाडी, प्रशिक्षक र प्राविधिक जनशक्तिमा अन्योलता मात्रै बढेको छैन । विदेश पलायन हुने स्थिति पनि सिर्जना भएको छ ।’
यस्तै उपाध्यक्ष महर्जनले एन्फाको निर्वाचन स्थगित भैरहेको अवस्थामा अर्कोतर्फ फुटबल क्लब समन्वय समितिले ‘ए’ डिभिजन लगायतका सबै क्लबहरुले लिग नभएसम्म खेलाडी अनुबन्धन नगर्ने घोषणाले खेलाडीहरु चिन्तित रहेको बताए ।
खेलाडी संघले यि सबै समस्याको समाधान गर्न नेपाली खेलकुदको सर्वोच्च निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, फुटबल बिकासमा क्रियाशिल क्लबहरु, जिल्ला संघहरु सबैलाई एन्फाको समस्या समाधानको लागि पहल गरिदिनको लागि अनुरोध गरेको छ ।
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि १ हजार र ५ सय रुपैयाँको टिकट दर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलनमार्फत टिकट दर सार्वजनिक गर्नुका साथै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ। दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि एन्फाले भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ […]
February 11, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३-० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस […]
February 11, 2025
एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]