default_image

6 years ago

April 19, 2018

सिजनको अन्तिम एल क्लासिकोको समय तय

36 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत बार्सिलोना र रियलबीचको खेल तालिका सार्वजनिक भएको छ। ‘गेमविक’ ३६ अन्तर्गतको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडलाई निम्त्याउँदै छ। 

classico messi vs ronaldo

खेल मे ६ मा हुने तय भएको छ। नेपाली समय अनुसार खेल राती १२:३० मा सुरु हुनेछ। यस खेल सिजनको पाँचौ तथा अन्तिम एल क्लासिको हुनेछ।

यसअघिको ४ भेटमा बार्सिलोनाले २ तथा रियलले २ खेलमा जित हात पारेका छन् । प्रि सिजनमा अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा बार्सिलोनाले रियललाई ३-२ ले पराजित गरेको थियो भने स्पेनिस सुपर कपको दुवै लेगमा रियलले बार्सिलोनालाई हराएको थियो। पहिलो लेगमा क्याम्प नाउमा ३-१ को अग्रता लिएको रियलले दोस्रो लेग २-० ले जितेको थियो। ला लिगा अन्तर्गत भने घरेलु मैदानमा बार्सिलोना समक्ष रियल ३-० ले निरही बनेको थियो।

त्यस्तै ला लिगाले गेमविक ३६ को अन्य खेलहरु पनि सार्वजनिक गरेको छ।

la liga

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.