7 years ago
April 19, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले एथ्लेटिक बिल्बाओसँग ‘ब्याकहिल फ्लिप’ गोल गर्दै रियललाई घरेलु मैदानमा हारबाट जोगाए। उक्त गोलसँगै पोर्चुगेली फरवार्ड रोनाल्डोले करियरको व्यक्तिगत कीर्तिमान बराबरी गरेका छन्।
यो गोलसँगै उनले लगातार १२ औं खेलमा गोल गरेका छन्। यो उनको करियरको उत्कृष्ट हो। उनले पछिल्लो १२ खेलमा हरेकमा गोल गर्दै २२ गोल गरेका छन्। उनले ला लिगामा भने ८ औं खेलमा लगातार गोल गरेका हुन्।
यस क्रममा उनले रियल सोसिड्याडविरुद्ध ३ गोल, च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पिएसजी विरुद्ध २, रियल बेटिस विरुद्ध १, अलाभेस विरुद्ध २, गेटाफे विरुद्ध २, दोस्रो लेगमा पिएसजी विरुद्ध १, ऐबर विरुद्ध १, जिरोना विरुद्ध ४, च्याम्पियन्स लिग क्वाटर फाइनल पहिलो लेगमा युभेन्टस विरुद्ध २, एथ्लेटिको म्याड्रिड विरुद्ध १, दोस्रो लेगमा युभेन्टस विरुद्ध १, र एथलेटिक बिल्बाओ विरुद्ध १ गोल गरे।
ला लिगामा रोनाल्डोले यस सिजन २४ गोल गरिसकेका छन्। प्रतियोगितामा ढिलो लय समातेका रोनाल्डो यस सिजनका उच्च गोलकर्ता लियोनल मेस्सी भन्दा ५ गोल पछि छन्।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]