default_image

6 years ago

April 18, 2018

विश्व कपअघि फर्किसक्ने नेयमारको विश्वास

52 views

0 Bookmark

साउ पाउलो (एजेन्सी)– नेयमारले रसिया विश्व कपका लागि आफु समयमै ठिक हुने विश्वास व्यक्त गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर बैशाखीको साहारामा साउ पाउलोमा मंगलबार चिनियाँ इलोक्ट्रोनिक ब्रान्ड टिसिएलको प्रबद्र्धनको कार्यक्रममा सहभागी हुन पगेका थिए । ब्राजिलियन सुपरस्टारले आफु मेको दोस्रो सातासम्म मैदानमा फर्कने अपेक्षा गरेका छन् । यद्दपी शल्यक्रियापछिको अन्तिम परिक्षण भने बाँकी रहेको छ ।

फेब्रुअरीमा मार्सेलाई ३–० ले हराएको खेलमा उनीलाई खुट्टामा चोट लागेको थियो । उपचारका लागि स्वदेश फर्केका उनले रियो दि जेनेरियाको एक अस्पतालमा शल्यक्रिया गराएका थिए । उनको चोट ठिक हुने क्रममा रहेको विश्वास गरिएको छ । रसिया विश्व कप अघि नै उनी आफु मैदानमा फर्कने विश्वास व्यक्त गरेका छन् ।
‘ठ्याकै यहि दिनबाट फर्कने भन्ने त भएको छैन । मेरो अन्तिम परिक्षण बाँकी छ । यदि म गलत छैन भने मे १७ पछि के हुन्छ भन्न सकिन्छ,’ उनले थपे,‘चोट कसरी ठिक भइरहेको छ भन्ने अबको परिक्षणले थाहा हुनेछ । कहिले परिक्षण भन्ने अझै थाहा छैन ।’

उनले विश्व कपमा आफुलाई टेलिभिजनमा हेर्न पाइने विश्वास पनि दिलाए । ‘मलाई आशा छ विश्वकपमा मलाई टेलिभजनमा देख्न पाइनेछ,’ उनले थपे,‘ तयारी गर्ने धेरै समय अझै छ । म पहिला भन्दा पनि राम्रो अवस्थामा फर्कने छु ।’

ब्राजिलले जुन १७ मा स्विट्जरल्यान्डको सामना गर्दै रसिया विश्व कपको सुरुआत गर्नेछ । जसमा नेयरमा फिट भएर खेल्ने अ‍ेपक्षा गरिएको छ । समूहमा क्रोएसिया र सर्बिया रहेका छन् । पछिल्लो साता उनी विना पिएसजीले लिग वानको उपाधि जितेको थियो । अघिल्लो सिजनको विजेता मोनाकोलाई ७–० ले हराउँदै पिएसजीले ५ खेल अघि नै उपाधि जितेको थियो ।

जुन दिन पिएसजीले उपाधि पक्का गर्दै थियो नेयमार भने सामाजिक सञ्जालमा फोटो अपलोड गरिएका थिए । जसको पिएसजीका क्रिस्टोफे डुग्रेले चर्को आलोचना गरे । फ्रान्सका लागि १९९८ मा विश्वकप जितेका डुग्रेले ओलचना गर्ने क्रममा नेयरमारलाई नेतृत्वकर्ता मान्न नहुने तर्क गरे । ‘उपाधि जित्ने खेलमा उनी उनी त्यहाँ थिएनन्,’ उनको आरोप थियो, ‘नेयरमालाई कसरी नेतृत्वकर्ता मान्न सकिन्छ । यो कुनै एकल खेल होइन । ’

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.