default_image

6 years ago

April 18, 2018

ब्राइटनसँग टोटेनह्यामको बराबरी

45 views

0 Bookmark

ब्राइटन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत ब्राइटनको घरेलु मैदानमा टोटेनह्याम हटस्पर १-१ को बराबरीमा सिमित भएको छ। टोटेनह्यामका ह्यारी केनले अग्रता दिलाएपनि घरेलु टोलीका पास्कल ग्रसले बराबरी गोल गरे। 

kane tottenham

केनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा ब्राइटनले स्पर्सलाई रोकेपनि केनको नजिकबाटको प्रहार गोलमा परिणत भएको थियो। केनको प्रिमियर लिगमा यस सिजनको २६ औं गोल हो।

घरेलु टोलीले भने ग्रसको बलियो पेनाल्टीबाट बराबरी गर्यो। सर्ज औरियरले होजे इज्क्युर्डोलाई बक्समा लडाएपछि पाएको पेनाल्टीलाई ग्रसले गोलमा परिणत गरे। उनको पेनाल्टीमा स्पर्सका किपर ह्युगो लोरिसले बल छोएपनि रोक्न सकेनन् ।

बराबरीसँगै ब्राइटन रेलिगेसनबाट ८ अंक टाढा पुगेको छ। ३६ अंक सहित ब्राइटन १३ औं स्थानमा छ। स्पर्स भने ६८ अंक सहित चौथो स्थानमा छ। तेस्रो स्थानको लिभरपुलको ७० अंक छ भने पाँचौ स्थानको चेल्सी १ खेल कम खेल्दै ६० अंक छ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.