default_image

6 years ago

April 16, 2018

पिएसजी लिग वान च्याम्पियन

43 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) लिग वान च्याम्पियन बनेको छ । निकटम प्रतिद्वन्द्वी मोनाकोलाई गए राती ७–१ ले हराएसँगै पिएसजीले अन्तिम ५ खेलअघि नै यो सिजनको उपाधि पक्का गरेको हो ।

पिएसजीका लागि जिओभानी लो क्लेसो र एन्जल डी मारियाले समान २ गोल गरेको खेलमा इन्डिसन काभानी र जुनियर ड्र्याक्सलरले समान १ गोल गरे । राडामेल फल्काओले एउटा आत्मघाती गोल गरेका थिए । पिएसजीले पहिलो हाफमै ४–१ को अग्रता लिएको थियो ।

क्लेसोले १५ औं र २७ औं मिनेटमा गोल गरे भने काभानीले १७ औं र डी मारियालले १९ औं मिनेटमा गोल गरेका थिए । ४ मिनेटको बीचमा टोलीले ३ गोल गरेको थियो । रुनी लोपेसले ३८ औं मिनेटमा गोल फर्काएपनि डी मारियाले ५८ औं मिनेटमा अर्को गोल थपे ।

फाल्काउले ७६ औं मिनेटमा आत्मघाती गोल ग र्दा ड्रयाक्सलरले खेल सकिन ४ मिनेट बाँकी रहँदा गोल गरेका थिए । पाँच खेल बाँकी रहँदा पिएसजीको ८७, मोनाकोको ७० र तेस्रो स्थानको ६६ अंक छ ।

October 1, 2024

रोनाल्डो र मानेको गोलमा नासरको जित

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा साउदी अरेबियाको अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणको खेलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कतारको अल रेयान क्लबलाई नासरले सोमवार भएको खेलमा २-१ ले पराजित गरेको छ । अल अवाल पार्क रियादमा भएको खेलमा नासरलाई जिताउन साडियो माने र रोनाल्डोले गोल गरे । रेयानका लागि […]

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

Success

Thank you for your time.