6 years ago
April 16, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गए राती मालागाविरुद्धको जितसँगै रियलको प्रशिक्षकको रुपमा १ सय जित हासिल गरेका छन्।
जिदानले ला लिगामा ६६ खेल, च्याम्पियन्स लिगमा २०, कोपा डेल रे’मा ६ र क्लब विश्व कपमा ४ खेल गरेर म्याड्रिडलाई १ सय जित दिलाएका हुन्। ला लिगामा प्रशिक्षकको रुपमा ९९ खेलमा ९ हार र १५ बराबरी, च्याम्पियन्स लिगमा ३० खेलमा ४ हार र ६ बराबरी, कोपा डेल रे’मा २ हार र ४ बराबरी छ।
क्लब विश्व कपमा शत प्रतिशत जित निकालेका जिदानको रियलको सबै खेलमा ७१.४ प्रतिशतको विजयी रेकर्ड छ। यो तथ्याङ्कले जिदानलाई रियलको इतिहासमा दोस्रो सफल प्रशिक्षक बनाउँछ। उनी भन्दा उत्कृष्ट आंकडा होसे मोउरिन्होको छ। मोउरिन्होले रियलमा ७१.९ प्रतिशत खेल जिताएका थिए ।
सन् २०१६ मा रियलको जिम्मेवारी सम्हाले यता जिदानले रियललाई २ च्याम्पियन्स लिग, १ ला लिगा, २ क्लब विश्व कप, १ स्पेनिस सुपरकप र १ युईएफए सुपरकपको उपाधि जिताएका छन्।
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]
October 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]