7 years ago
April 15, 2018
दिपक बोहोरा
पाँचथर – झापाको विर्ता युनाइटेडले वाइ वाइ पाचँथर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका रक्षाका लागि आइतबार सनसरीको न्यु स्टारको सामना गर्दैछ । पाँचथर गोल्ड कपको पहिलो संस्करण विर्ताले जितेको थियो ।
इलामको रेडहर्सलाईृ ३–० ले हराउँदै विर्ता उपाधि रक्षामा अघि बढेको थियो भने न्यु स्टारले ताप्लेजुङको मिसन युनाइटेडलाई ३–० ले हराउँदै विर्तासँगको भेट पक्का गरेको थियो । यी दुईबीच गत पुसमा पाँचथरमै भएको नवौं फाल्गुन्द गोल्ड कपको सेमिफाइनलमा भेट भएको थियो । त्यति बेला न्यु स्टारले विर्तालाई हराएको थियो ।
दुवै टोलीले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् । विर्ताका प्रशिक्षक उपाधि रक्षाका लागि उच्च मनोबलका साथ उत्रने बताए । न्यु स्टारका प्रशिक्षक श्याम मानन्धरले विर्ताको आक्रमणलाई रोक्न आफ्नो टोलीको रक्षापक्ति सक्षम रहेको आक्रमणका लागि पनि उत्तिकै तयार रहेको बताए ।
अधिकांश मोफलका नकआउट प्रतियोगितामा एउटै क्लब त्रिभुवन आर्मीबाट खेलेका खेलाडी पाँचथर गोल्ड कपमा भने अलग अलग टोलीबाट खेल्दैछन् । राष्ट्रिय टोली स्ट्राइकर रहेका आर्मीका नवयुग श्रेष्ठ विर्ताबाट खेल्दैछन् भने आर्मीकै टंक बस्नेत र दीपक गुरुङ न्यु स्टारबाट उत्रदैछन् ।
उनीहरुले गत वर्ष मोसफलका सात वटा नकआउट जित्दै आर्मीलाई सर्वाधिक सफल टोली बनाएका थिए । सुनसरीबाट हेमन्त थापा मगर, पदम गुरुङलगायत खेल्ने तयारीमा छन् । त्यस्तै नवयुथसँगै राष्ट्रिय टोलीका देवेन्द्र तामाङ, झापा ११ का विशाल राई, योगेश गुरुङलगायत उत्रदैछन् ।
पाँचथर गोल्ड कप नाइ ए साइड फुटबल प्रतियोगिताको विजेताले ३ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]