7 years ago
April 15, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर सिटीले टोटेनहम हटस्परलाई ३-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।
पछिल्ला केही खेलमा खराब प्रदर्शन गर्दै अाएको सिटीले शनिबार उत्कृष्ट लयमा फर्केको छनक दियो । खेलको २५ मिनेटमा २-० ले अघि रहेको सिटी अब उपाधिबाट एक जित टाढा छ । ग्याब्रियल जेसस, इल्काए गुन्डोगन र रहिम स्टरलिङको गोलमा सिटी विजयी भएको हो । टोटेनहमका लागि क्रिस्टियन एरिक्सनले एकमात्र गोल गरे ।
सिटीको ३३ खेलमा ८७ अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले ३२ खेलमा ७१ अंक जोडेको छ । टोटेनहम चौंथो स्थानमा ७ अंकले अगाडि छ ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]