7 years ago
April 14, 2018
पोखरा (हाम्रो खेलकुद)– आयोजक लालीगुँरास युवा क्लब (एलजी) को रेड टोलीले दोस्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अमरसिंह मैदानमा शनिबार भएको फाइनलमा एलजी रेडले आफ्नै क्लबको ब्ल्याकलाई २–० ले हराउँदै उपाधि जितेको हो ।
विजेता टोलीले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ८० हजार रुपैयाँ प्राप्त गर्यो । त्यसअघि शनिबार नै भएको सेमिफाइनलमा एलजी रेडले भंगारढिकको आदर्श युवा क्लबलाई २–१ र एलजी ब्ल्याकले लेकसाइड युवा क्लबलाई टाइब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा भेट पक्का गरेका थिए ।
लेकसाइडबाट वाक ओभर पाएपछि आदर्श प्रतियोगिताको तेस्रो टोली बन्यो । टोलीले २० हजार लेकसाइडल े १० हजार रुपैयाँ प्राप्त गर्यो ।
एलजी ब्ल्याकका गोविन्द थापा प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए भने एलजी रेडका अजित गुरुङ १२ गोलसहित उच्च गोलकर्ता बने । गोविन्द र अजितले समान ८ हजार रुपैयाँ प्राप्त गरे ।
एलजी रेडका शुलेमान थापा मगर उत्कृष्ट रक्षक, एलजी रेडका दिप कार्की उत्कृष्ट गोलकिपर, एलजी ब्ल्याकका शिन्केमान तामाङ उत्कृष्ट र एलजी रेडका प्रविण गुरुङ प्रशिक्षक र एलजी रेडका विशाल गुरुङ (माइला) उत्कृष्ट व्यवस्थापक चुनिए । उत्कृष्ट सबैले जनही ४ हजार रुपैयाँ प्राप्त गरे ।
हिमाअश एजुकेशन कन्सलटेन्सीले मुख्य प्रायोजन गरेको प्रतियोगिताको दोश्रो पुरुस्कार ८० हजार रुपैयाँ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले प्रायोजन गरेका थिए । चैत २३ गते बाट संचालन भएको उक्त प्रतियोगितामा ६४ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक एवम् संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिए ।
नेपाली सेना पश्चिम पृतनाका सहायक पृतनापती तारा बिक्रम शाह, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका उपाध्यक्ष सुनिल गुरुङ, लोकतान्त्रिक खेलकुद संघ जिल्ला अध्यक्ष याम बस्नेत, एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, युवा व्यवसायी महेन्द्र गुरुङ, मुख्य प्रायोजक संस्था हिमाअशका प्रोप्राइटर समिर थापा र आयोजक एलजीका अध्यक्ष डम्बरजंग गुरुङलगाएतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]