6 years ago
April 14, 2018
साउथह्याम्टन (एजेन्सी)– चेल्सीले उत्कृष्ट पुनरागमन गर्दैै इङ्लिस प्रिमियर लिगमा साउथह्याम्टनलाई शनिबार ३–२ ले हराएको छ । २–० ले पछि परेको खेल उल्टाउँदै अर्को सिजन च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जीवित राखेको छ ।
६० मिनेट सम्म २ गोलले पछि परेको चेल्सीका लागि ओलिभर जिराउडले बेन्चबाट गएर निर्णयकसहित २ गोल गरेपछि चेल्सीले जित हासिल गरेको थियो । डुसन टाडिकको गोलबाट २१ औं मिनेटमा साउथ ह्याम्टनले अग्रता लिएको थियो भने ६० औं मिनेटमा जान बेन्डारेकले अर्को गोल गरेका थिए ।
६१ औं मिनेटमा अल्भारो मोराटाको ठाँउमा मैदान प्रवेश गरेका जिराउडले ६५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे । ७५ औं मिनेटमा इडेन हाजार्डले बराबरी गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । खेलको रोमाञ्चकता त्यतिमा टुंगिएन ।
खेल सकिन १२ मिनेट बाँकी रहँदा जिराउडले अर्को गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए । जितपछि पाँचौं स्थानको ६० अंक पुगेको छ । म्याचेस्टर सिटी (८४)शीर्षस्थानमा छ भने म्यानचेस्टर युनाइटेड (७१) दोस्रो, लिभरपुल (६७)तेस्रो र टोटेनह्याम (६७) चौथो स्थानमा छ ।
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]
October 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]