7 years ago
April 14, 2018
म्याड्रिड (एजेन्सी)– सिजनको सुरुआतमा रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन खासै राम्रो हुन सकेन । जसका कारण उनीले ओलोचना पनि सुन्न पर्यो । तर, सिजनको अन्त्यसम्म आइपुग्दा उनले आलोचकको मुख बन्द हुने गरि प्रदर्शन गरेका छन् ।
खास गरि सिजनको मध्यान्तर पनि उनी निकै फर्ममा रहे । अझ उनको प्रदर्शन च्याम्पियन्स लिगमा निकै उत्कृष्ट रहँदै आएको छ ।पोर्चुगल राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोनाल्डोले ला लिगाको सिजनको सुरुआतमा गोलका लागि निकै संघर्ष गर्नुपर्यो ।
तर, सिजनको अन्त्यतिर आइपुग्दा सबै प्रतियोगितामा गरि यो सिजन उनको गोल संख्या ४१ पुगेको छ भने उनले ८ गोलमा असिस्ट गरेका छन् । त्यस मध्ये युरोपको क्लब च्याम्पियनसिपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा मात्र १५ गोल गर्दै ३ गोलमा असिस्ट गरेका छन् ।
च्याम्पियन्स लिगका उनी यो सिजनका सर्वाधिक गोलकर्ता हुन् । लिभरपुलका रोर्बेटो फिर्मिनो र मोहम्मद सालाह भन्दा उनले ८ गोल बढी गरेका छन् । बार्सिलोनाका लियोनल मेस्सीले पनि यो सिजन ६ गोल गरे, तर उनको टोली क्वार्टरफाइनलमा रोमासँग पराजित भएको थियो ।
सन् २००९ मा रोनाल्डो आबद्ध भएयता रियलले च्याम्पियन्स लिगमा मात्र २ सय ५७ गोल गरिसकेको छ । ती मध्ये ५१ प्रतिशत भन्दा बढी अर्थात् १ सय ३२ गोलमा रोनाल्डोको संलग्नता रहेको छ । जसमध्ये उनले १ सय ५ गोल गर्नुका साथै २७ गोलमा असिस्ट गरेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर च्याम्पियन्स लिगमा निकै सफल रहेका छन् । उनले छनोट चरणमा समेत गरि अहिले सम्म १ सय २१ गोल गरेका छन् ।
यो सिजनको च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा ३–० ले पछि परेको खेलमा उनकै गोलबाट रियलले सेमिफाइनलको यात्रा तय गरेको थियो । पहिलो लेगमा ३–० ले विजयी भएको रियल दोस्रो खेलमा ३–१ ले पराजित भएको थियो । पराजित भएको खेलमा रोनाल्डोले पेनाल्टीमार्फत फर्काएको त्यहि गोलका कारण रियल उपाधि रक्षाका लागि थप एक कदम अघि बढ्न सफल भएको थियो ।
लुकास भाजक्वेजलाई रोनाल्डोले हेडमार्फत पास मिलाइदिदा विपक्षी खेलाडीले उनलाई फाउल हानेका थिए । त्यहि फाउलमा रियलले पेनाल्टी पायो र जसलाई रोनाल्डोले गोलमा परिणत गरेका थिए । अब सेमिफाइनलमा रियलले बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखको सामना गर्नेछ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]