default_image

6 years ago

April 13, 2018

सालाह तेस्रो पटक प्लेयर अफ दी मन्थ चुनिए

34 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– लिभरपुलका लागि उच्च प्रदर्शन गर्दै आएका मोहम्मद सालाह मार्चका लागि प्रिमियर लिगको प्लेयर अफ दी मन्थ घोषित भएका छन् । यो सिजन उनी प्लेयर अफ दी मन्थ घोषित भएको यो तेस्रो पटक हो । इजिप्टियन फरवार्ड यसअघि नोभेम्बर र फेब्रुअरीमा प्लेयर अफ दी मन्थ घोषित भएका थिए । 

एकै सिजन तीन पटक प्लेयर अफ दी मन्थ घोषित हुने साहाल पहिलो खेलाडी समेत बनेका छन् । योर्गन क्लोपको प्रशिक्षणमा २५ वर्षे साहाल फरक खेलाडीका रुपमा प्रस्तुत भएको विश्वास गरिएको छ ।उनले यो सिजन प्रिमियर लिगमा २९ गोल गरिसकेका छन् । उनले मार्चमा मात्र ६ गोल गरेका थिए । टोटेनह्यामका हेरि केनभन्दा ४ गोलले अघि रहेका सालाह गोल्डेन बुटको मुख्य दाबेदार हुन् ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.