7 years ago
April 13, 2018
न्योन (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको ड्र सार्वजनिक भएको छ। चार टोली लिभरपुल, रोमा, रियल म्याड्रिड र बायर्न म्युनिखली सेमिफाइनलमा स्थान बनाएका थिए।
पहिलो सेमिफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा लिभरपुलले रोमाको सामना गर्ने पक्का भएको छ। पहिलो लेग २४ र २५ अप्रिलमा हुनेछ भने दोस्रो लेग १ र २ मे मा हुनेछ। पहिलो लेगमा बायर्नले घरेलु मैदानमा रियललाई र लिभरपुलले घरेलु मैदानमा रोमालाई निम्त्याउने छ ।
रोमाले क्वाटरफाइनलमा बार्सिलोनालाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने बायर्नले सेभिल्ला, रियलले युभेन्टस र लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]