default_image

6 years ago

April 13, 2018

आर्सनल र एट्लेटिको युरोपा लिगको सेमिफाइनलमा

35 views

0 Bookmark

मस्को (एजेन्सी) –  युरोपा लिगमा गए राति इंग्लिस टोली आर्सनलले सिएसकेए मस्कोलाई क्वाटरफाइनलको दोस्रो लेगमा २-२ ले रोक्दै समग्रमा ६-३ को जित हात पार्न सफल भयो । यस जितसाथै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

खेलको ५० औं मिनेटमा मस्कोले २-० को अग्रता लिएको थियो । पहिलो लेग आर्सनलले ४-१ ले जितेकाले थप एक गोल गर्दा घरेलु टोली सेमिफाइनल प्रवेश गर्न सफल हुने थियो । तर ड्यानी वेलबेक र आरोन राम्जीको गोलमा आर्सनलले अन्तिम ४ को स्थान सुनिश्चित गरेको हो ।

त्यस्तै प्रतियोगिताको दाबेदार मानिएको अर्को टोली एट्लेटिको म्याड्रिड पनि सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । पहिलो लेगमा २-० ले जित हात पारेको एट्लेटिकोले गए रातिको १-० को हार वापत समग्रमा २-१ को जितसँगै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै फ्रान्सेली टोली मार्से र अष्ट्रियन टोली रेड बुल साल्जबर्ग पनि समिफाइनलमा पुग्न सफल रहे । पहिलो लेगमा ४-२ ले पराजित भएको रेड बुलले दोस्रो लेगमा लाजियोलाई ४-१ ले हराउँदै नतिजा उल्टाउन सफल रह्यो । अर्को तर्फ आरबी लेपजिगसँग १-० ले पछि परेको मार्सेले गए राति ५-२ को जित हात पार्दै समग्रमा ५-३ ले विजयी भयो ।

युरोपा लिग सेमिफाइनलमा पुग्न सफल ४ टोली यस प्रकारका रहेका छन्:

आर्सनल (इंग्ल्यान्ड)
एट्लेटिको म्याड्रिड (स्पेन)
मार्से (फ्रान्स)
रेड बुल साल्जबर्ग (अष्ट्रिया)

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.