default_image

6 years ago

April 12, 2018

न्यु स्टार पाँचथर गोल्डकप उपाधि नजिक

53 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर (हाम्रो खेलकुद) – न्यु स्टार सुनसरी वाइ वाइ दोश्रो नाइन ए साइड पाँचथर गोल्डकपको उपाधि नजिक पुगेको छ । मिसन युनाइटेड ताप्लेजुङलाइ ३–० ले हराउदै न्यु स्टारले फाइनल यात्रा तय गरेको हो ।

फिदिम माविको मैदानमा भएको खेलमा न्युस्टारलाई जित दिलाउन सुशिल राईले २ र टंक बस्नेतले १ गोल गरे । न्यु स्टारले रेडहर्स इलाम र विर्ता युनाइटेडको विजेतासँग फाइनल खेल्नेछ ।

त्रिभुवन आर्मीका ४ खेलाडी उतारेको न्यु स्टार खेलभर हावी रह्यो । आर्मीका दीपक गुरुङ , पदम तामाङ , जितेन्द्र कार्की र टंक बस्नेतले न्यु स्टारबाट खेलेका थिए । मिसनले पनि झापाका स्टार खेलाडी कर्ण लिम्बु , खमिर गिल्सन कन्दङ्वा र दीपक राईलाई उतारेपनि खेल जित्न सकेन ।

खेलको २९ औं मिनेटमा टंकले गोल गर्दै न्यु स्टारलाई अग्रता दिलाएका थिए । निशान लिम्बुको क्रसमा टंकले गोल गरेका हुन् । सुशिलले ५३ औंं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । सुशिलले हेमन्त थापा मगरको पासमा गोल गरेका हुन् । सुशिलले ६७ औं मिनेटमा अर्को गोल थपे ।

विपक्षी खेलाडीलाई फाउल गरेपनि टंक रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि न्यु स्टार ८ खेलाडीमा सिमित भएको थियो । मिसनका कर्ण र दीपक सोचे अनुरुप चल्न नसक्दा न्यु स्टार खेलमा हावी रह्यो । न्यु स्टारका सुशिल खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

मिसनका प्रशिक्षक डिके मादेनले आश गरेका खेलाडी नचल्दा र पाएका अवसर गुमाउँदा पराजित हुनु परेको बताए । खेलाडीको आपसी समन्वय मिलेका कारण सफलता मिलेको न्यु स्टारका प्रशिक्षक श्याम मानन्धरले बताए ।

पाँचथर गोल्डकपमा शुक्रबारको दोस्रो सेमिफाइनल
रेडहर्स इलाम विरुद्ध विर्ता युनाइडेड झापा

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.