default_image

6 years ago

April 13, 2018

च्याम्पियन्स लिगको अर्को कीर्तिमानमा रोनाल्डोले मेस्सीलाई पछि पारे

39 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) –युभेन्टसविरुद्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगेमा बुधबार इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले रियल म्याड्रिडको सेमिफाइनलमा स्थान पक्का गराएका थिए । समग्रमा ३-३ को बराबरीको अवस्थामा रियलले पाएको पेनाल्टीमा गोल गर्दै रोनाल्डोले टोलीलाई अघि बढाएका थिए । ronaldo messi

क्वार्टरफाइनलका दुवै लेगमा गरि युभेन्टसविरुद्ध ३ गोल गर्दै रोनाल्डोले मेस्सीलाई च्याम्पियन्स लिगको अर्को कीर्तिमानमा पछि पारेका छन् ।त्यो पेनाल्टी गोलसँगै युभेन्टसविरुद्ध च्याम्पियन्स लिगमा रोनाल्डोले १० औं गोल गरेका छन् ।

रोनाल्डो च्याम्पियन्स लिगमा कुनै एक प्रतिद्वन्दी क्लबविरुद्ध सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यसअघि त्यो कीर्तिमान रोनाल्डो र मेस्सीबीच बाढिएको थियो । युभेन्टसविरुद्ध पहिलो लेगमा २ गोल गर्दै रोनाल्डोले मेस्सीको कीर्तिमान बराबरी गरेका थिए। मेस्सीले च्याम्पियन्स लिगमा आर्सनलविरुद्ध ९ गोल गरेका छन् ।

यो सिजनमा रोनाल्डोले च्याम्पियन्स लिगमा १५ गोल गरिसकेका छन् । युभेन्टसविरुद्ध दोस्रो लेगमा पनि गोल गरेपनि च्याम्पियन्स लिगका ११ खेलमा उनले लगातार गोल गरेका छन् । त्यो पनि आफैंमा अर्को कीर्तिमान हो ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.