default_image

7 years ago

April 12, 2018

च्याम्पियन्स लिगमा रोनाल्डोको नयाँ कोशेढुंगा पूरा

35 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका ३३ वर्षे पोर्चुगेली फरवार्ड क्रिस्टियानो रोनाल्डोका नाममा अनेक कीर्तिमान छन् । च्याम्पियन्स लिगमा अहिले सम्म यो सिजनका सर्वाधिक गोलकर्ता समेत बनेका रोनाल्डोले गए रातीको खेलसँगै अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।युभेन्टसविरुद्धको दोस्रो लेग खेलेसँगै युरोपियन च्याम्पियन्स लिगमा उनको खेल संख्या १ सय ५० पुगेको छ ।

 

च्याम्पियन्स लिगमा १ सय ५० खेल खेल्ने रोनाल्डो तेस्रो खेलाडी हुन् । रियलका पूर्व गोलकिपर इकर कासिलासले रियलबाट १ सय ५० र पोर्टोबाट १७ खेल खेल्दै जम्मा १ सय ६७ च्याम्पियन्स लिग खेलेका छन् । त्यस्तै बार्सिलोनाका पूर्व मिडफिल्डर जाभी हर्नान्डेजले १ सय ५१ खेल खेलेका छन्।

रोनाल्डोले २००२ मा स्पोर्टिङ्ग सिपीबाट च्याम्पियन्स लिगको छनोट खेलमा खेलेपनि प्रतियोगितामा डेब्यू भने २००३ मा म्यानचेस्टर युनाइटेडबाट गरेका थिए। उनको डेब्यू खेलमा युनाइटेड जर्मन क्लब स्टुगार्टसँग २–१ ले पराजित भएको थियो।

उनले च्याम्पियन्स लिगमा युनाइटेडबाट ५२ तथा रियलबाट ९८ खेल खेलेका छन् । त्यस क्रममा उनले १ सय १९ गोल गरेका छन् । रोनाल्डोले खेलेका १ सय ५० खेलमध्ये ९५ जित, ३० बराबरी तथा २५ खेलमा हारको नजिता निस्केको थियो ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.