default_image

7 years ago

April 12, 2018

रोनाल्डोले रोके युभेन्टसको पुनरागमन,सेमिफाइनल समिकरण पुरा

78 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – गए राति च्याम्पियन्स लिग क्वाटरफाइनल दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड युभेन्टससँग ३-१ ले पराजित भए पनि समग्रमा ४-३ ले विजयी भएको छ । खेलको अन्तिम प्रहारमा क्रिस्टियानो रोनाल्डोले आफ्नो पेनाल्टी परिणत गर्दै रियललाई रोमाञ्चक ढंगले अन्तिम ४ पुर्‍याए ।

पाहुना टोली युभेन्टसले पहिलो हाफमै दुई गोलको अग्रता लिन सफल भएको थियो । मारियो मान्डजुकिचले खेलको दोस्रो तथा ३७ औं मिनेटमा हेडिङ गोलहरु गर्दै टोलीलाई पुनरागमन नजिक लगेका थिए । खेलको ६० औं मिनेटमा ब्लेज माटुइडीले रियलका गोलकिपरको गल्तीको सदुपयोग गर्दै स्कोर ३-० बनाएका थिए ।

पहिलो लेग रियलले ३-० ले नै जितेकाले युभेन्टस र रियल समग्रमा बराबरीको अवस्थामा थिए । तर इन्जुरी समयमा लुकास भाजक्वेजले पेनाल्टी जित्न सफल भए । सो निर्णयबाट असन्तोष जियान्लुइजी बुफ्फोनले आफ्नो आक्रोश रेफ्रीलाई पोख्दा उनले रातो कार्ड पाउन पुगे ।

खेलको अन्तिम समयमा रोनाल्डोको पेनाल्टी रोक्न वोजियाक सेज्नी मैदानमा उत्रे पनि रोनाल्डोको बलियो प्रहार जाली चुम्न सफल रह्यो । यससँगै रियलले अन्तिम मिनेटमा गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित पारेको हो ।

त्यसैगरी अर्को क्वाटरफाइनल खेलमा बायर्न र सेभिया गोलरहित बराबरीमा रोकिए । समग्रमा बायर्न २-१ ले विजयी भएको हो । यसअघि एस रोमा र लिभरपुलले अन्तिम ४ मा आफ्नो स्थान बनाइसकेका थिए ।

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]

Success

Thank you for your time.