default_image

7 years ago

April 12, 2018

एन्फा वरिष्ठ उपाध्यक्ष कुँवर साफ उपाध्यक्षमा निर्वाचित

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष मणी कुँवर दक्षिण एसियाली फुटबल महासंघ (साफ) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

साफको अध्यक्षमा बंगलादेशका काजी सलाउद्दिनले निरन्तरता पाउँदा बुधबार कुँवरसँगै पाकिस्तानका सैयद खादिन अली शाह र श्रीलंकाका अनुरा डी सिल्भा तीन जना उपाध्यक्ष चयन भएको एन्फाले जनाएको छ ।

बंगलादेशमा भएको निर्वाचनमा भुटानका युगेन वाङचुक कोषाध्यक्ष चयन भएका छन् । साफमा दक्षिण एसियाका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान सदस्य राष्ट्र छन् ।

एन्फा वरिष्ठ उपाध्यक्ष कुँवर एन्फा अध्यक्ष पदका प्रत्यासी पनि हुन् । चैत १४ गतेका लागि तय भएको निर्वाचन पाटन उच्च अदालतको आदेशपछि स्थगित भएको थियो ।

जिल्ला फुटबल संघ भक्तपुर र मकवानपुरका तत्कालिन पदाधिकारीले एन्फा साधारण सभामा भाग लिन पाउनुपर्ने रिटमा उच्च अदालतले निर्वाचन रोक्न आदेश दिएको थियो । मकवानपुरको चैत २३ र भक्तपुरको चैत २७ मा विवादरहित रुपमा निर्वाचन भएपनि एन्फा निर्वाचनको नयाँ मिति भने तय भएको छैन ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.