default_image

7 years ago

April 11, 2018

एन्फा निर्वाचनको नयाँ मिति कहिले तय होला ?

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका विषयमा अन्यौलता यथावत छ । यो क्रम कहिले सम्म रहने भन्नेमा यकिन जवाफ कोहिसँग छैन । व्यक्तिगत कामले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ यति बेला अस्ट्रेलियामा छन् ।

जिल्ला फुटबल संघ भक्तपुर र मकवानपुरका तत्कालिन पदाधिकारीले एन्फा साधारण सभामा भाग लिने पाउनु पर्ने मागसहित पाटन उच्च अदालतमा दायर गरेको रिटलाई आधार मान्दै अदालतले एन्फा निर्वाचन रोक्न आदेश दिएको थियो । जसका कारण चैत १४ गतेका लागि तय भएको निर्वाचन स्थगित भएको थियो ।

यसबीचमा भक्तपुरको मंगलबार र मकवानपुरको निर्वाचित विवादरहित रुपमा सम्पन्न भइसकेपनि एन्फाको निर्वाचनको भने कुनै टुंगो छैन । एन्फाले नयाँ निर्वाचनको मिति तय गरेर एसियाली फुटबल महासंघबाट अनुमोदन गरेपछि निर्वाचनको नयाँ मिति तोकिनु पर्ने हो । तर, अब कहिले तोकिने भन्नेमा एन्फाका कुनै पनि पदाधिकारीले मुख खोलेका छैनन् ।

एन्फाका सदस्य क्लब ए, बी सी डिभिजन, मोसफलका क्लबले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै निर्वाचनको मिति समयमै गर्न माग गरेका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबहरुले लिग हुने ग्यारेन्टी नहुँदा सम्म खेलाडी अनुबन्धन नगर्ने धम्की पनि दिएका छन् ।

फुटबल क्लब समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलनका क्लबका प्रतिनिधिले पछिल्लो ३ वर्षदेखि लिग नभएको उल्लेख गर्दै अर्को वर्ष पनि हुनेमा शंका व्यक्त गरे । फुटबलमा देखिएको अस्थिरताको अन्त्य र लिगको मिति घोषणाका लागि पनि एन्फा निर्वाचन छिटो हुनुपर्ने उनीहरुको माग थियो ।

क्लब समन्वय समितिका संयोजक रहेका जावलाखेल युथ क्लवका अध्यक्ष ठूलोभाइ केसीले विधान अनुसार एन्फाको अहिलेको कार्यसमितिको आयु बैशाख ७ गते सकिने उल्लेख गर्दै त्यसअगावै निर्वाचन गर्नुपर्नेमा जोड दिए । केसीले समयमा निर्वाचन नगराइए र लिगको मिति घोषणा नभएको खण्डमा समितिले आन्दोलन गर्ने चेतावानी दिए ।

‘बैशाख ७ गतेभित्र निर्वाचन भएन भने एन्फाको बैधानिकता सकिन्छ, त्यसपछिका परिणामहरु नेपाली फुटबलका लागि पक्कै पनि राम्रो हुँदैन, केसीले भने, त्यसैले हाम्रो यो अल्टिमेटम हो कि चुनाव छिटो होस्, भएन भने हामी आन्दोलनको रुपमा एन्फमा अनसन बस्नुपर्ने अवस्था आउनेछ ।’

फ्रेण्ड्स क्लवका अध्यक्ष राजीव पौडेलले पनि एन्फा भित्रै पदाधिकारी निर्वाचन नगराउन जिम्मेबार रहेकाले यसको असर क्लब, खेलाडी लगायत समग्र नेपाली फुटबलमा परेको आरोप ल गाए । सरस्वति क्लवका अध्यक्ष शिक्षित पराजुलीले एन्फाको अहिलेको नेतृत्व निर्वाचन गराउन इच्छुक नरहेको आरोप लगाए । उनले एन्फाकै ‘अदृश्य शक्ति’ले दुई जिल्लालाई उकासेर मुद्दा मामलामा लागि षड्यन्त्र गरेको बताए ।

मनाङ मस्र्याङदी क्लवका सचिव विजय घलेले ३ वर्षदेखि लिग सञ्चालन हुन नसकिरहेका बेला क्लवहरुले खर्च धान्नै मुस्किल रहेको जनाउँदै नयाँ सिजनमा टोली निर्माण गर्ने विषयमा सोच्नु पर्ने समय आएको बताए । क्लबले एउटा आर्थिक वर्षमा २० करोड रुपैयाँ फुटवलमा लगानी गर्ने भएकाले पनि लिग फुटबल सञ्चालन आवश्यक रहेकोमा थ्रीस्टार क्लबका अध्यक्ष अरुणमान जोड दिए ।

उनले विगतमा एन्फाको आव्हानमा क्लबले खेलाडी अनुबन्धन गरेर लिग नभएपनि खेलाडीलाई पारिश्रमिक दिएको तर क्लबले भने क्षतिपुर्ति नपाएको गुनासो गरे । जोशीले अहिले एफसी र फिफाले लिग आयोजनाको लागि बजेटको उपलब्ध गराएको प्रायोजक लागनी गर्न र क्लब खेल्नको लागि तयार भएपनि एन्फा लिग गराउन तयार नभएको आरोप लगाए ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.