default_image

7 years ago

April 11, 2018

च्याम्पियन्स लिगमा बायर्न र सेभिल्ला खेल्दै

41 views

0 Bookmark

 म्युनिख (एजेन्सी)– च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिल्ला भिड्दैछन् । खेल म्युनिखको घरेलु मैदान एलिनाज एरिनामा राति १२ः३० बजे सुरु हुनेछ । 

पहिलो लेगमा म्युनिखले २–१ को जित निकालेको थियो । घरेलु लिगको उपाधि जितिसकेको म्युनिख दोस्रो लेगमा पनि सेभिल्लालाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । बायर्नलाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । घरेलु मैदानमा १–० पराजित भएपनि म्युनिख सेमिफाइनलमा प्रवेश गर्नेछ ।

म्युनिखसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, आर्टुरो भिडालजस्ता स्तरीय खेलाडीको साथ छ । उनीहरुलाई रोक्न सेभिल्लालाई कठिन हुने देखिन्छ । सेभिल्लालाई सेमिफाइनल प्रवेश गर्न म्युनिखविरुद्ध २–० को स्पष्ट जितको खाचो छ । जुन, म्युनिखको घरेलु मैदानमा असम्भव जस्तै देखिन्छ ।  पहिलो लेगमा सेभिल्लाले घरेलु मैदानमा अग्रता लिएर पनि नतिजा म्युनिखलाई सुम्पिएको थियो ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.