default_image

7 years ago

April 11, 2018

नवयुग सम्मिलित विर्ता युनाइटेड सेमिफाइनलमा

98 views

0 Bookmark

दिपक बोहोरा

पाँचथर – विजय युथ क्लब हेटौडालाइ ४–२ ले पराजित गर्दै विर्ता युनाइटेड झापा वाइ वाइ दाश्रो पाँचथर गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिताको  सेमिफाइनल प्रवेश गरेको छ। बिर्ता प्रतियोगिताको साबिक विजेता हो।

फिदिम मा.बि मैदानमा भएको खेलमा विर्ताका पुष्प मादेनले ह्याट्रिक गरे भने राष्ट्रिय टोली तथा नेपाल आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले पनि गोल गरे। हेटौडाको लागी विदेशी खेलाडी इब्राहिम र मुस्ताफाले समना १ गरे ।

हेटौडाले खेलमा २ गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। इब्राहिमले वान भर्सेस वानमा राम्रो गोल गर्दै १२ औं मिनेटमा विजय युथ क्लबलाई अग्रता दिलाएका थिए भने १९ औ मिनेटमा मुस्तफाले गोल गर्दै विजय युथ क्लबको अग्रता दोब्बर पारे । मुस्तफाले डिबक्स नजिकबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो ।

२ गोलले पछि परेको विर्ताका लागि २० औं मिनेटमा पुष्पले गोल गरे। त्यस्तै नवयुगले ५४ औं मिनेटमा बराबरी गोल गरेका थिए। योगेश गुरुङको क्रसमा नवयुगको लामो प्रहार गोलमा परिणत भएको थियो।

पुष्पले ६७ औं मिनेटमा गोल गर्दै बिर्तालाई अग्रता दिलाए भने ७७ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै उनले विर्ताको अन्तिम ४ मा स्थान पक्का गरे। खेलमा ह्याटिक गरेका पुष्प म्यान अफ दि म्याच हुँदै नगद ५ हजार जिते । विर्ताले सेमिफाइनलमा शुक्रबार रेड हर्स इलामसँग प्रतिस्पर्धा गर्नेछ ।

आजको खेलसँगै पाँचथर गोल्डकपको सेमिफाइनलको समिकरण पुरा भएको छ । न्युस्टार सुनसरी , मिसन युनाइटेड ताप्लेजुङ र रेडहर्स इलाम यसअघि नै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

सुरुआती अग्रता जोगाउन नसक्दा आफ्नो टोली पराजित हुनु परेको हेटौडाका प्रशिक्षक सुबिन घिमिरेले बताए । बिर्ताका प्रशिक्षक भुपेन लिम्बुले भने राम्रो टिमवर्कका कारणनतीजा आफ्नो पक्षमा आएको बताए ।

पाँचथर गोल्डकपको भोलीको खेल

न्युस्टार सुनसरी बिरुद्ध मिसन युनाइटेड ताप्लेजुङ

February 10, 2025

प्लानिङ ब्वाइजलाई नव ज्योति च्यालेन्ज कप उपाधि

हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]

February 10, 2025

कनकाई अन्तरपालिका फुटबलको सेमिफाइनलमा

हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]

February 10, 2025

आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा सोमवार तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै चर्च ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो। ८९औं नविन लामाको कर्नरमा राजले पोष्टको अगाडि हेडर […]

Success

Thank you for your time.