default_image

7 years ago

April 11, 2018

आयोजक एलजीका दुवै टोली क्वार्टरफाइनलमा

64 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आयोजक लालि गुराँस (एलजी) युवा क्लबका दुवै टोली एलजी रेड र ब्ल्याक दोस्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगितामाको क्वार्टरफाइनलमा पुगेका छन् ।

पोखराको अमसिंह मैदानमा जारी प्रतियोगितामा बुधबार एलजी रेडले बुद्ध टोल फुटबल क्लबलाई २–० र एलजी ब्ल्याकले लेकसाइड युवा क्लबलाई समान २–० ले हराएको छ । अन्य खेलमा डोब्रे फुटबल क्लब, संगम फुटबल क्लब, बुढीबजार फुटबल क्लब, बि थर्टिन बाँझापाटन र तारा फुटबल क्लब विजयी भए ।

डोब्रे एफसीले रामघाटलाई ५–२ ले, संगम फुटबल कलबले शुक्ला गण्डकी युवा क्लबलाई ३–० ले, बि थर्टिनले रंजन मेमोरियल लाई २–० ले, ताराले गैह«ापाटन युवा क्लबलाई ४–० ले हराएको छ । बुढीबजारले नयाँ गाँउ युवा क्लबलाई टाइब्रकेरमा ३–२ पराजित गर्यो ।

हिमा अस एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजनमा रहेको प्रतियोगितामा ६४ टोलीको भाग लिएको प्रतियोगिता संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिएका छन । प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार, दोश्रोले हुनेले टोलीले ८०, तेश्रोले २० र चौथोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर र फरवार्डले समान ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

February 10, 2025

प्लानिङ ब्वाइजलाई नव ज्योति च्यालेन्ज कप उपाधि

हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]

February 10, 2025

कनकाई अन्तरपालिका फुटबलको सेमिफाइनलमा

हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]

February 10, 2025

आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा सोमवार तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै चर्च ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो। ८९औं नविन लामाको कर्नरमा राजले पोष्टको अगाडि हेडर […]

Success

Thank you for your time.