default_image

7 years ago

April 11, 2018

नयाँ वर्ष पूर्वसन्ध्यामा धनगढीमा पेनाल्टी सुटआउट प्रतियोगिता

37 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा नयाँ वर्षको अवसरमा शुक्रबार छैटौं संस्करणको पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी बजारमा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने आयोजक एसटिएस टेलिभिजनले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी गराएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा चैत ३० गते राती १२ बजे फाइनल गरिने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउने छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ता तथा सबभन्दा बढि उमेरको खेलाडीले जनही नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ३२ वर्षभन्दा माथिको खेलाडीलेमात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा टिकट काटेर आउने एक दर्शकलाई लक्की ड्र बाट होन्डाको नाबी मोटरसाइकल प्रदान गरिनेछ ।

सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा रोहित चन्दले अफगानिस्तानविरुद्ध दुईपटक अवसर पाउँदा पनि पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि टेलिभिजनमा उक्त खेल हेरेका धनगढीका युवाहरुले त्यही वर्षबाट प्रतियोगिता सुरु गरेका थिए ।

दिनेश श्रेष्ठ, शंकर श्रेष्ठ, फुटबल प्रशिक्षक ललित चन्द, प्रकाश केप्छाकी र दिनेश थापालगायतले संयुक्त रुपमा प्रतियोगिताको सुरुवात गरेका थिए । प्रतियोगितालाई महोत्सवको रुप दिन प्रतियोगिता स्थलमा फुड स्टलहरु राखिनुका साथै डिजे र सांस्कृतिक कार्यक्रमहरु पनि रहेने बताइएको छ ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.