default_image

7 years ago

April 10, 2018

पाँचथर गोल्डकप– जावलाखेल पहिलो खेलमै पराजित

68 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर– ए डिभिजन क्लब जावलाखेल युथ क्लब फिदिममा जारी वाइ वाइ दाश्रो पाँचथर गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । फिदिम माविको मैदानमा न्यू स्टार सुनसरी संग ट्राइबेकरमा ४–२ ले पराजित भएपछि जावलाखेल पहिलो खेलबाटै बाहिरिएको हो । न्यू स्टार प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

निर्धारित समय २–२ को बराबरीपछि खेल टाइब्रकेरमा गएको थियो । ट्राइबेकरमा सुनसरीका गोलकिपर विवश चौधरी नायक रहे । विवशले जावलाखेलको २ वटा प्रहार रोक्दै टोलीलाई जित दिलाए । उनले जावलाखेका विशाल तामाङ र सुसन श्रेष्ठको प्रहार रोके । सुनसरीका लागि हेमन्त थापा मगर ,रमेश राजवंशी ,सुरज सुनुवार र निशान लिम्बुले गोल गरे । जावलाखेल लागि विदेशी खेलाडी बिजयब्रिल र जनक कार्कीले मात्र गोल गरे ।

खेलको २२ औं मिनेटमा जीवन धामीले रातो कार्ड दर्शन गर्दै मैदान बाहिरिएपछि सुनसरी ८ खेलाडीमा सिमिति भएको थियो । त्यसका वावजुद ३४ औं मिनेटमा निशान लिम्बुको क्रसमा हेमन्त थापाले गोल गर्दै सुनसरीलाइ अग्रता दिलाए । ५१ औ मिनेटमा जावलाखेलका बिजयब्रिलले गोल गर्दै खेललाई बराबरमिा ल्याए । विपक्षी रक्षकले बल क्लियर गर्न नसक्दा बिजयब्रिल गोल गरे ।

७० औं मिनेटमा गोलकिपर अगाडी बढेको मौकामा विदेशि खेलाडी ग्रोलीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । तर, ८३ औं मिनेटमा हेमन्तले फ्रिकिकमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए । सुनसरीका गोलकिपर विवश खेलको म्यान अफ दी म्याच घोषित भए र ५ हजार रुपैयाँ जिते । सुनसरीका प्रशिक्षक एक खेलाडी कम हुनुका वावजुद जित निकाल्न सफल भएकोमा खुसी व्यक्त गरे । जावलाखेलका प्रशिक्षक नरेश थापाले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए ।

पाँचथर गोल्डकपमा बुधबारको खेल
विर्ता युनाइटेडविरुद्ध विजय युथ क्लब हेटौडा

February 10, 2025

ग्रिन भिलेज एजुकेशन फाउण्डेशन अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]

February 10, 2025

प्लानिङ ब्वाइजलाई नव ज्योति च्यालेन्ज कप उपाधि

हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]

February 10, 2025

कनकाई अन्तरपालिका फुटबलको सेमिफाइनलमा

हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]

Success

Thank you for your time.