7 years ago
April 10, 2018
सुरज भण्डारी
टेक्सस/अमेरिका – नेपाली नयाँ वर्षको अवसर पारेर टेक्ससको डलासमा आयोजित तेस्रो न्यू इयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि डलास गोर्खाज फुटवल क्लबले जितेको छ । डलास गोर्खाजले फाइनलमा आयोजक डिएफडब्लु हिमालयज फुटबल क्लबलाई ५–० ले हराएको थियो ।
प्रतियोगितामा टेक्सस, क्यालिफोर्निया, लुजियाना र ओक्लोहमामा रहेका नेपालीहरुको २० वटा क्लबहरुको सहभागितो थियो । उपाधि जित्ने क्रममा डलास गोर्खाजले प्रथम चरणमा हिमालयन डु्रकलाई ७–१, प्रि क्वाटरमा डिएफडब्लु ह्वाइटलाई ८–१, क्वाटरफाइनलमा हिमालयज ह्वाइटलाई ३–० र सेमिफाइनलमा लसएन्जल्स ११ लाई ४–० ले हराएको थियो । डलास गोर्खाजले उपाधि सहित १ हजार ५ सय डलर र दोस्रो भएको डिएफडब्लु हिमालयजले ७ सय अमेरिकी डलर प्राप्त गर्यो ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]