default_image

9 years ago

January 21, 2016

बंगबंधु कपको फाइनलमा नेपाल र बहराइन यु-२३ भिड्दै

144 views

0 Bookmark

बंगबंधु गोल्ड कप २०१६को फाइनल खेलमा भोलि नेपाल र बहराइन यु-२३ भिड्दै छन्|

Post Match Conferenec Nepal Head Coach Balgopal Maharjanjpg - MVP Nawayug Shrestra Nepal a

ढाकास्थित बंगबंधु राष्ट्रिय रंगशालामा खेलिने खेल नेपाली समयअनुसार साँझ ४:४५मा सुरु हुनेछ| खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले पनि गर्नेछ| सेमिफाइनलमा माल्दिभ्सलाई ४-१को फराकिलो जित हात परेको नेपालले घरेलु टोलि बंगलादेशलाई १-०ले हराएको बहराइन यु-२३को सामना गर्नेछ|

समूह चरणमा एक मात्र गोल गरेको नेपालले माल्दिभ्स विरूद्धको खेलमा चार गोल हानेको थियो| नवयुग श्रेष्ठले व्यक्तिगत ह्याट्रिक र विशाल राइले अन्तराष्ट्रिय फुटबलमा गोलको खाता खोलेका थिए| जारी प्रतियोगितामा बहराइन र नेपाल दुबैले कुनै खेल हारेका छैनन्| दुवै टोलि समूह उपविजेता हुदैं सेमिफाइनल पुगेका थिए भने दुवैले हालसम्म दुइ जित र दुइ बराबरी खेलेका छन्|

सत्र वर्षपछि कुनैपनि प्रतियोगिताको फाइनल पुगेको नेपालले सिनियर टोलीमा रहेको उपाधिको खंडेरी तोड्ने दाउमा छ| पछिल्लो पटक नेपालले उपाधि जित्दा खेलाडीका रुपमा रहेका उपेन्द्र मान सिंह र बालगोपाल महर्जन अहिले प्रशिक्षकका रुपमा टोलीमा रहेका छन्|

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

May 15, 2025

एन्फा अध्यक्ष नेम्वाङविरुद्ध अवहेलनाको मुद्दा दायर

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध  अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]

May 15, 2025

रियलको जितमा बार्सिलोनाको प्रतीक्षा लम्बियो

एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]

Success

Thank you for your time.