7 years ago
April 10, 2018
विराटनगर (एजेन्सी) – विराट गोल्ड कपको उपाधि जितेको रुस्लान थ्री स्टार क्लबका डिफेन्डर अनन्त तमाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छानिएका छन्। उनले मोटरसाइकल प्राप्त गरे।
रुस्लान थ्री स्टारले फाइनलमा नेपाल आर्मीलाई ३-० ले हराउँदै उपाधि जितेको हो। थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।
यसअघि इटहरी गोल्ड कपमा पनि राम्रो प्रवाभ पारेका अनन्त उक्त प्रतियोगिताको पनि सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। उक्त प्रतियोगितामा भने थ्री स्टारले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको थियो।
उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र व्यवस्थापक मुकेश नकर्मी घोषित भए ।उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट मिड फिल्डर थ्रीस्टारकै सुनिल बल, फरवार्ड आर्मीका भरत खवास, रक्षक आर्मीका विमल पाण्डे घोषित भए । उनीहरुले २५ हजार नगद पुरस्कार पाए । सर्वाधिक गोलकर्ता विमल घर्तीमगर (४ गोल) ले पनि २५ हजार पाए ।
विजयी टिम तथा उत्कृष्ट खेलाडी, टिम, प्रशिक्षक र व्यवस्थापकलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार लगायतले पुरस्कार वितरण गरे ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]