default_image

7 years ago

April 9, 2018

रेडहर्स पाँचथर गोल्डकपको सेमिफाइनलमा

71 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर– रडहर्स इलाम वाइ वाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । डिएफसी मोरङलाइ २–१ ले हराउँदै रडहर्स अन्तिम चारमा पुगेको हो । फिदिम माविको मैदानमा रेडहसलाई जित दिलाउन मनीषथापा र सुवास राईले गोल गरे ।

मोरङका लागि वीरेन्द्र लिम्बुले गोल गरे । साविक विजेता विर्ता युनाइटेड र हेटौडाको विजय युथबीचको विजेतासँग रेडहर्सले चैत ३० गते सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । खेलको १६ औं मिनेटमा मनीषको गोलबाट रेडहर्सले अग्रता लिएको थियो ।

मिलन लिम्बुको क्रसमा मनीर्षले गोल गरेका थिए । इलामको अग्रता लामो टिक्न सकेन ।  १८ औ. मिनेटमा डिएफसीका लागि वीरेन्द्रले गोल फर्काएको थिए । अरुण लिम्बुको कर्नरमा वीरेन्द्रले गोल गरेका थिए ।

खेलको ३१ औं मिनेटमा विक्रम लिम्बु रातो कार्ड खाएर मैदान बाहिरएपछि मोरङ ८ खेलाडीमा सिमित भएको थियो । नाइन ए साइड फुटबलको खेल सकिन ६ मिनेट बाँकी रहदा सुवासले गोल गरेपछि रेडहर्स विजयी भएको थियो । मोरङका रक्षकले बल क्लीयर गर्न नसक्दा सुवासले गोल गरेका थिए । मोरङका गोलकिपर छिरिङ तामाङ म्यान अफ दि म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

भरपर्दा खेलाडीले रातो कार्ड पाउनु नै दुर्भाग्य भएको मोरङका प्रशिक्षक बद्री बिष्टले बताए । इलामका प्रशिक्षक याम राइले टिमलाइ अझै मेहनत गर्नु पर्ने बताए । उनले धेरै अवसर खेर गएकोले निर्णायक गोलका लागि अन्तिम सम्म कुर्नुपरेको बताए ।

नाइन ए साइड फुटबल प्रतियोगिताको विजेताले ३ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।

पाँचथर गोल्डकपमा मंगलबारको खेल
जावलाखेल युथ क्लबविरुद्ध न्यू स्टार सुनसरी

February 10, 2025

ग्रिन भिलेज एजुकेशन फाउण्डेशन अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]

February 10, 2025

प्लानिङ ब्वाइजलाई नव ज्योति च्यालेन्ज कप उपाधि

हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]

February 10, 2025

कनकाई अन्तरपालिका फुटबलको सेमिफाइनलमा

हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]

Success

Thank you for your time.