default_image

7 years ago

April 9, 2018

पाँचथर गोल्डकपको स्टेज र साउन्ड सिस्टम तोडफोड

65 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर– दोश्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आइतबारबाट सुरु भइसकेको छ । उद्घाटन खेलमा विजयी हुँदै मिसन युनाइटेड ताप्लेजुङ सेमिफाइनल पुगिसेको छ । तर, राती नै प्रतियोगिताका लागि बनाइएको स्टेज र साउन्ड सिस्टम गए राती अज्ञात समूहले तोडफोट गरेका छन् ।

स्टेज कुर्ने व्यक्ति खाना खान गएको मौका पारेर तोडफोड भएको आयोजक पाँचथर क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिएका छन् । उनका अनुसार तोडफोडबाट झन्डै २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । तोडफोडबाट मोनिटर २ थान ,स्पिकर १ थान , कुर्सी ३ दर्जन र साउन्ड सिस्टमका सम्पूर्ण रुपमा क्षति भएको अध्यक्ष मगरले बताए ।

तोडफोड गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । दोषीमाथि कारवाही गर्न आयोजक पाँचथर क्लबले प्रशासनसँग माग गरेको छ । तोडफोडका वावजुद प्रतियोगिता भने जारी रहने अध्यक्ष मगरले जानकारी दिए । आज डिएफसी मोरङ र रेडहर्स इलामबीच प्रतिस्पर्धा हुनेछ ।

February 10, 2025

ग्रिन भिलेज एजुकेशन फाउण्डेशन अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]

February 10, 2025

प्लानिङ ब्वाइजलाई नव ज्योति च्यालेन्ज कप उपाधि

हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]

February 10, 2025

कनकाई अन्तरपालिका फुटबलको सेमिफाइनलमा

हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]

Success

Thank you for your time.