7 years ago
April 8, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदानमा भएको म्याड्रिड डर्बीमा रियल र एट्लेटिकोले १-१ को बराबरी खेल्दै अंक बाडेका छन्। क्रिस्टियानो रोनाल्डोले घरेलु टोलीलाई अग्रता दिलाएपनि एन्टोनियो ग्रिजमानले एट्लेटिकोका लागि बराबरी गोल
गरे।
रियलले पहिलो हाफमा गोल गर्ने केहि प्रयास गरेपनि एट्लेटिकोका गोलकिपर जान ओब्लाकले राम्रो बचाउ गर्दै एट्लेटिकोलाई खेलमा जीवित राखे। खेलको ४२ औं मिनेटमा मार्सेलोले गरेको प्रहार बारमा लागेर फर्किएपछि रियलले पहिलो हाफमा अग्रता लिन सकेन।
दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ५३ औं मिनेटमा रियललाई अग्रता दिलाए। बेलको पासमा भली मार्फत रोनाल्डोले गोल गरे। तर रियलले धेरै समय सम्म अग्रता जोगाउन सकेन। ५७ औं मिनेटमा ग्रिजमानले सहज गोल गर्दै एट्लेटिकोलाई बराबरी गोल दिलाए। भिटोलोको टचले नाभासलाई बिट गरेपछि फ्रेन्च फरवार्डले सहजै गोल गरेका थिए।
यो बराबरीसँगै एथ्लेटिकोले दोस्रो स्थानमा ४ अंकको अग्रता कायम राखेको छ। एट्लेटिकोको ६८ अंक छ भने ६४ अंकको साथमा रियल तेस्रो स्थानमा छ। १ खेल कम खेलेको भ्यालेन्सियाको ६२ अंक छ।
गोलहरुको भिडियो
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]