default_image

7 years ago

April 8, 2018

रोमाञ्चक म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो

50 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गतको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई उसैको घरेलु मैदानमा ३-२ ले पराजित गरेको छ। प्रिमियर लिगको शिर्षस्थानमा रहेको सिटीले घरेलु मैदानमा हार बेहोरेसँगै उपाधि पक्का गर्न पर्खनु पर्ने भएको छ। 

Pogba United vs City

जितसँगै युनाइटेडले दोस्रो स्थानमा पकड बलियो बनाएको हो। युनाइटेडको दोस्रो स्थानमा ७१ अंक छ भने तेस्रो स्थानमा रहेको लिभरपुल र चौथो स्थानमा रहेको टोटेनह्याम हटस्परको समान ६७ अंक छ। लिभरपुलले मर्सिसाइड डर्बी अन्तर्गत एभर्टनको घरेलु मैदानमा १-१ को बराबरी खेलेको थियो भने स्पर्सले स्टोक सिटीको घरेलु मैदानमा २-१ को जित हासिल गरेको हो।

म्यानचेस्टर सिटीले पहिलो हाफमा २-० को अग्रता बनाएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन। भिन्सेन्ट कम्पनीले २५ औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए भने इके गुण्डोगनले ३० औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर गरेका थिए।

दोस्रो हाफमा युनाइटेडका पौल पोग्बाले ५३ र ५५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए। त्यसपछि युनाइटेडका डिफेन्डर क्रिस स्मलिङले ६९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक गोल साबित भयो ।

हाइलाइट्स

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.