7 years ago
April 8, 2018
बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानको खेलमा बार्सिलोनाले लेगानेसलाई ३-१ ले पराजित गरेको छ। बार्सिलोनाका लागि सबै गोल अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले गरे। बार्सिलोनाको प्रशिक्षकको रुपमा अर्नेस्टे भाल्भर्देको यो ५० औं खेल थियो।
मेस्सीको २७ औं मिनेटको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो भने ३२ मिनेटमा फिलिप कौटिन्होसँगको राम्रो तालमेलका कारण मेस्सीले बार्सिलोनालाई दोस्रो गोल दिलाए।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको भ्रमणकारी टोली लेगानेसका लागि ६८ औं मिनेटमा नबिल अल झारले गोल गरेपनि मेस्सीले फ्रि किक मार्फत ८७ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको ३ अंक सुनिश्चित गरे।
ला लिगामा ३१ खेल खेलेको बार्सिलोना यो सिजन अपराजित छ। २४ जित र ७ बराबरीसँगै बार्सिलोनाको शिर्षस्थानमा ७९ अंक छ।
हाइलाइट्स
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]