default_image

7 years ago

April 7, 2018

पाँचथर गोल्डकपको उद्घाटन खेलमा आयोजक र ताप्लेजुङ भिड्ने

60 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर – पाँचथर गोल्डकपको दोश्रो संस्करण आइतबार सुरु हुँदैछ । फिदिम माविको मैदानमा मिसन युनाइटेट ताप्लेजुङ र आयोजक पाँचथर क्लबबीचको उद्घाटन खेलसँगै प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख गोविन्द सुब्बाले गर्ने आयोजक क्लबले जानकारी दियो । दोश्रो पाँचथर नाइन ए साइड गोल्डकपको विजेताले ३ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । उद्घाटनमा खेल्ने दुई टोलीसँगै जावलाखेल युथ क्लब, विजय युथ क्लब हेटौडा ,विर्ता युनाइटेट झापा , सुनसरी ११ ,डिएफसि मोरङ, रेडहर्स इलाम रहेका छन् ।

February 9, 2025

राष्ट्रिय टोलीको प्रशिक्षणमा ३० खेलाडी बाँकी

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुनेइन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा रहेका ३९ बाट छनोट गरि ३० जना घटाइएको छ। ३० मा व्यवसायिक फुटबलका लागि देश बाहिर रहेकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडल समावेश छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ५ देखि १४ […]

February 9, 2025

मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार आहा राराको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रशिक्षक गणेश खड्काको विश्वासमा खरो उत्रदै गोलकिपर सरिन जि.सीले टाइब्रेकरमा आदित्य शाक्यको पेनाल्टी रोकेपछि थ्री स्टार क्लब २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ। पहिलो रोजाइका गोलकिपर अभिषेक बरालको ठाउँमा सरिनलाई थप समयको पनि इन्ज्युरी समयमा मैदान पठाइएको हो । त्यो मौकालाई सरिनले सदुपयोग गरेका छन्। दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र […]

February 9, 2025

चीनियाँ नयाँ वर्षमा मैत्रीपूर्ण खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिवार (फागुन ३ गते) मैत्रीपूर्ण खेल हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबिच मैत्रीपूर्ण खेल हुने एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रमुख प्रशिक्षक […]

Success

Thank you for your time.