7 years ago
April 7, 2018
लिभरपुल (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगको प्रदर्शनको आधारमा लिभरपुलका मोहम्मद सालाहले च्याम्पियन्स लिग साताको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रिमियर लिगकै अर्को टोली म्यानचेस्टर सिटीविरुद्ध १ गोल गर्नुका साथै अर्को गोलमा असिस्ट दिएका इजिप्टका फरवार्ड सालाह रियल म्याड्रिडका क्रिस्टिायानो रोनाल्डोलाई पछि पार्दै प्लेयर अफ दी विक चुनिएका हुन् ।
समर्थकहरुको भोटको आधारमा दिइने यस अवार्डमा सलाहले कुल मतको ५७ प्रतिशत मत प्राप्त गरे । रोनाल्डोले ३७ मत प्राप्त गरे भने बायर्न म्युनिखका हामेस रोड्रिगेजले ५ र बार्सिलोनाका जेरार्ड पिकेले ४ प्रतिशत मत पाएका छन् ।
इटालियन क्लब रोमाबाट लिभरपुल आएयता सलाहले यो सिजन सबै प्रतियोगितामा गरि ३८ गोल गरिसकेका छन् । सिटीविरुद्धको त्यो खेलमा चोट लागेपछि उनी खेलको बीचमा मैदान बाहिरिएका थिए ।
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]
October 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]