default_image

7 years ago

April 5, 2018

सिटीमाथि लिभरपुलको सानदार जित

38 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – लिभरपुलले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेष्टर सिटीमाथि च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ । प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीमाथि तेस्रो स्थानको लिभरपुलेले ३–० को जित हासिल गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह, अक्सलेड चेम्बरलेन र साडियो मानेले गोल गरे । ३१ मिनेट भित्र नै ३ गोल भएको थियो । सलाह १२ औं मिनेटमा सालाहको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । सबै खाले प्रतियोगितामा गरि सालाहको यो सिजनको ३८ औं गोल हो । तर उनी ५३ औं मिनेटमा चोटग्रस्त हुँदै मैदान बाहिरिए ।

चेम्बरलेनले २१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पा¥यो । ३१ औं मिनेटमा साडियो मानेले हेडमार्फत गोल गर्दा लिभरपुलले पहिलो हाफमा ३–० को अग्रता बनायो । ३–० ले पछि परेको सिटीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न असफल भयो ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.