default_image

7 years ago

April 5, 2018

रोमाविरुद्ध बार्सिलोनाको सहज जित

97 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – गए राति च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले इटालियन क्लब एएस रोमालाई ४-१ ले हराउन सफल भयो ।

बार्सिलोनाले खेलमा ड्यानियल डि रोसीको आत्मघाती गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा पनि रोमाका कोस्टास मानोलासले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बनेको थियो । खेलको ५९ औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले गोल गरी स्कोर ३-० पारेका थिए ।

खेलको ८० औं मिनेटमा रोमाका लागि एडिन जेकोले गोल गरेका थिए । त्यस्तै खेलको अन्तिमतिर लुइस स्वारेजले गोल गर्दै ३ गोलको अन्तर कायम राख्न सफल रह्यो । रोमाको घरेलु मैदानमा दोस्रो लेग अप्रिल ११ मा खेलिने छ ।

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

May 2, 2025

युरोपा लिगमा टोटेनहमलाई सफलता

एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]

May 2, 2025

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले‌ हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]

Success

Thank you for your time.