default_image

7 years ago

April 4, 2018

सेभिल्लाविरुद्ध बायर्न म्युनिख विजयी

42 views

0 Bookmark

एजेन्सी (म्याड्रिड) – च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । च्याम्पियन्स लिग अन्र्तगत मंगलबार राति भएको खेलमा बायर्नले घरेलु टोली सेभिल्लालाई २–१ ले पराजित गरेको हो ।

खेलमा शुरुवाती अग्रता भने घरेलु टोली सेभिल्लाले नै लिएको थियो । ३२ औं मिनेटमा पाब्लो साराबियाले गोल गर्दै सेभिल्लालाई शुरुवाती अग्रता दिलाएका थिए ।

तर, ३७ औं मिनेटमा विपक्षी खेलाडीको प्रहार बचाउन खोज्दा जेसस नाभासले आफ्नै पोष्टमा गोल गरेपछि पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ६८ औं मिनेटमा थिएगो अलकान्तराले गोल गरेपछि बायर्नले पहिलो लेगमा २–१ को लिन सफल भयो ।

यी दुई टिमबीचको दोस्रो लेग अर्काे साता बायर्नको घरेलु मैदानमा हुनेछ । अव मैदानमा २ गोल गर्न सफल बायर्न  १-० ले पराजित भएसम्म पनि सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ । सेभिल्लालाई सेमिफाइनलमा प्रवेश गर्न कम्तिमा २–० को  स्पष्ट जित आवश्यक छ ।

सच्चाइएको १०:०५ बजे

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.