7 years ago
April 4, 2018
एजेन्सी (टुरिन) – क्रिष्टियानो रोनाल्डोको दुई गोल मद्दतमा साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा ३-० सहज जित निकालेको छ ।
च्याम्पियन्स लिग अन्र्तगत मंगलबार राति युभेन्टस्को घरेलु मैदानमा रियललाई जिताउन सुपरस्टार क्रिष्टियानोले दुई तथा मार्सेलोले १ गोल गरे । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले १–० को अग्रता बनाएको थियो ।
पहिलो हाफमा १–० को अग्रता बनाएको रियालले १० खेलाडीमा समेटिएको युभेन्टस्विरुद्ध दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । दोस्रो हाफमा रोनाल्डो र मार्सेलोले गोल गरे । ६४ औं मिनेटमा रोनाल्डोले ड्यानियल कार्भाजोलको पासमा ओभरहेड किकमार्फत गोल गरेपछि रियलले २–० को अग्रता बनायो ।
त्यसको दुई मिनेटपछि ६६ औं मिनेटमा युभेन्टस १० खेलाडीमा समेटियो । युभेन्टस्का पाउलो डिब्याला दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि रियललाई खेलमा थप सहज भएको थियो । ७२ औं मिनेटमा रोनाल्डोकै पासमा अफसाइड बिट गर्दै मार्सेलोले गोल गरेपछि रियलले युभेन्टसमाथि ३–० को सहज जित निकाल्यो ।
त्यसअघि ३५ औं मिनेटमा रियलका टोनी क्रुसले डी बक्स नजिकैबाट प्रहार गरेको सशक्त प्रहार बारमा लागेर फर्कदा अग्रता दोब्बर पार्ने मौका खेर गएको थियो ।
युभेन्टस्ले पनि खेलमा गोल गर्ने मौका सिर्जना गरेपनि रियलका डिफेन्डर र गोलकिपर बाधक बनिदिदा गोल गर्न सकेन ।
युभेन्टसविरुद्ध दुई गोल गरेसँगै रोनाल्डो च्याम्पियन्स लिगमा लगातार १० खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यस सिजनको ९ खेलमा रोनाल्डोले आफ्नो गोल सङ्ख्या १४ पु¥याएका छन् ।
अवे मैदानमा भएको पहिलो लेगमा ३–० को अग्रता बनाएसँगै रियल सेमिफाइनल नजिक पुगेको छ । दोस्रो लेग अर्को साता रियलको घरेलु मैदानमा हुनेछ ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]