7 years ago
April 3, 2018
विराटनगर (हाम्र खेलकुद) – सिएमजी क्लब संकटा विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विभागिय टोली नेपाल एपिएफ क्लब लाई १–० ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो ।
विराटनगर स्थित सहिद रंगशालामा मंगलबार भएको दिवा रात्री खेलमा संकटालाई जित दिलाउन विदेशी खेलाडी जीब्रेल नायक बने । ६१ औं मिनेटमा उनले गोल गरेका थिए । झन्डै ३० यार्ड टाढाबाट जीब्रेलले गरेको पावर सुटिङ प्रहारले पोष्टको दिशा लिंदा सशस्त्र दवावमा प¥यो ।
बंगलादेशको बंगलादेश स्पोर्टिङ फुटबल क्लब नआएपछि गोल्डकपमा मौका पाएको संकटाले शनिबार फाइनल प्रवेशका लागि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टारबीचको विजेतासंग प्रतिष्पर्धा गर्नु पर्ने छ ।
२०७० सालको विराट गोल्डकप विजेता संकटाले जित निकाल्नका लागि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । २८ औं मिनेटमा जीब्रेलको प्रहार क्रस बारमा लागेर फकिंदा संकटाले अग्रता लिने अवसर गुमायो । रिबाउन्डमा विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरे पनि त्यसले सही दिशा लिन नसक्दा जितका लागि निकै संघर्ष गर्नुपर्यो ।
७९ औं मिनेटमा सुनिल खड्काको प्रहार दायाँ बार हुँदै बाहिरिंदा संकटाले दोस्रो गोल थप्न सकेन । पहिलो हाफमा एउटा पनि आक्रमण गर्न नसकेको एपिएफले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि नजिता आफ्नो पक्षमा पार्न सकेन । ६५ औं मिनेटमा रुपक लामाको हेड प्रहारले बाटो विराउँदा संकटाले खेलमा फर्कने राम्रो अवसर गुमायो ।
७६ औं मिनेटमा हरि कार्कीको हेड प्रहारमा संकटाका गोलरक्षक सागर पिया बाधक बने । ८० औं मिनेटमा हरिकै सशक्त प्रहारलाई गोरकिपर सागरले उत्कृष्ट ढंगले बचाएर आफ्नो टिमको संकट टारे । ८९ औं मिनेटमा सशस्त्रका विश्वास उदासको मध्य भागदेखिको प्रहारलाई पनि गोलकिपर सागरले विफल पार्दा संकटाको जित निश्चित बन्यो ।
संकटाका प्रशिक्षक सल्यान खड्गीले दोस्रो रोजाईका खेलाडी लिएर मैदानमा उत्रदा पनि राम्रो नतिजा निकाल्न सकिएको बताए । २०७० सालमा संकटाले विराट गोल्डकप जित्दाका कप्तान समेत रहेका खड्गीले मैदानमा जुनियर खेलाडी उत्रिए पनि उनीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताए । भने, ‘आगामी दिनको प्रतिष्पर्धाका लागि अर्को टिमको खेल हेरेर रणनीति बनाइने छ ।’
सशस्त्रका प्रशिक्षक रत्नकाजी महर्जनले नयाँ खेलाडी भएका कारण जित हात पार्न नसकिएको प्रतिक्रिया दिए । खेलाडीले रणनीति अनुसार कौशलता प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।
‘केही राम्रा अवसर सिर्जना भएका थिए,’उनले भने, ‘ती अवसरको सदुपयोग हुन नसक्नु हारको मुख्य कारण बन्यो ।’ महर्जनले फिनिसिङ मा आफ्ना खेलाडी चुकेको बताए । नयाँ मैदान हुँदा र खेलाडीबीच आपसी तालमेल नमिल्दा नतिजा सुम्पन परेको उनको भनाई थियो । खेलका म्यान अफ दी म्याच संकटाका जीब्रेलले १० हजार रुपैयाँ प्राप्त गरे ।
विराट गोल्डकपमा बुधबारको खेल
नेपाल पुलिस क्लब विरुद्ध त्रिभुवन आर्मी क्लब
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]