7 years ago
April 2, 2018
बुटवल (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका अन्जन विष्ट मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताको फाइनलमा सोमबार रुस्लान थ्री स्टारसँग मनाङ २–१ ले पराजित भएपनि अन्जन व्यक्तिगत पुरस्कार पाउन सफल रहे ।
केहि महिना अघि नेपाल एपिएफ क्लबबाट मनाङ पुगेयता अन्जन मनाङमा जम्ने प्रयासमा छन् । यू १९ उमेर समूह हुँदै राष्ट्रिय टोलीमा पुगेका अन्जन अहिले टोलीका पहिलो रोजाईका खेलाडी बन्न सफल भएका छन् । सर्वोत्कृष्ट भएवापत उनले ५० हजार रुपैयाँ प्राप्त गरे । अन्जन प्रतियोगिताका सर्वाधिक गोल कर्ता समेत बनेका छन् ।
अन्जनले क्वार्टरफाइनल र सेमिफाइनलमा समान २ गोल गरेका थिए । एसियन कप छनोट अन्तर्गत कतारमा यमनसँगको खेल खेलेर फर्के लगत्तै बुटवल पुगेका अन्जनले २ गोल गरेपनि मनाङले नेपाल पुलिस क्लबलाई २–१ ले हराएको थियो । सुनौलो संगम बुटवललाई सेमिफाइनलमा टोलीले ५–० ले हराउँदा पनि अन्जनले २ गोल गरेका थिए ।
गोलकिपरबाहेक प्रतियोगिताका बाँकी सबै व्यक्तिगत अवार्ड थ्री स्टारले जित्यो जिते । थ्री स्टारका पिटर उत्कृष्ट रक्षक, कप्तान नीराजन खड्का उत्कृष्ट मिडफिल्ड र मार्टिन उत्कृष्ट फरवार्ड घोषित भए । थ्री स्टारका मेघराज केसी उत्कृष्ट प्रशिक्षक चुनिए । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका विनायक श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । उत्कृष्ट सबैले समान १५ हजार रुपैयाँ प्राप्त गरे ।
नकआउटका आधारमा चैत ९ गते देखि सञ्चालित प्रतियोगिताको विजेता, उपविजेता टोलीका खेलाडीलाई प्रदेश ५ का मुख्य मन्त्री शंखर पोखरेल,आयोजक एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले पुरस्कृत गरे ।
February 9, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]
February 9, 2025
एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]
February 9, 2025
एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]