7 years ago
April 2, 2018
धनगढी (हाम्रो खेलकुद)– कैलालीको मसुरीया प्रथम सुन्दर सुदूर पश्चिम स्तरिय आमन्त्री गौरीगंगा कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गौरीगंगा नगरपालिका अन्तर्गतको कैलालीको मध्यवर्ती क्षेत्र मसुरीयामा चैत २६ गते प्रतियोगिता सुरु हुने आयोजक गौरी गंगा स्पोर्ट क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो ।
झण्डै चार लाख रुपैयाँ पुरस्कार रहने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुने आयोजक गौरीगंगा–११ का अध्यक्ष दिनेश कलेलले जानकारी दिए । १६ टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक ,मिडफिल्डर, सर्वाधिक गोलकर्ताले समान ७ हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको म्यान अफ दी म्याचले २ हजार रुपैयाँ पाउनेछन् ।
मध्यवर्ती क्षेत्रमा नमुना रंगशाला बनाउने उद्देश्यका साथ गौरीगंगा नगरपालिका वडा नम्वर ८ को वडैपुर मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । मौलाउँदै गएको लागु औषध तथा दुव्र्यसनबाट जोगाउँदै युवा पुस्तालाई खेलमा आकर्षित गर्न पनि प्रतियोगिता सहयोगी हुने आयोजकको विश्वास रहेको छ ।
February 9, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]
February 9, 2025
एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]
February 9, 2025
एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]