7 years ago
April 2, 2018
दिपक न्यौपाने
बुटवल – विदेशी खेलाडी अजयी मार्टिनको निर्णायक गोलमा रुस्लान थ्री स्टार क्लबले मोसफलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चिर प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई २–१ ले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो ।
विहान सम्म २४ घन्टामा अर्को खेल नखेल्ने बताएको थ्री स्टार आयोजकले माफी मागेपछि सोमबार फाइनल खेल्न तयार पाएको थियो । अघिल्लो दिन मात्र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई १–० ले हराउँदै थ्री स्टार अन्तिम दुईमा पुगेको थियो ।
खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै थ्री स्टारले वर्षको चौथो उपाधि जितेको हो । विमल रानाको गोलमा मनाङले दास्रो मिनेटमा अग्रता लिएको थियो । सुजलको पासमा विमलले गोल गरेका हुन् । थ्री स्टारले दोस्रो हाफमा मात्र खेललाई बराबरी गरेको थियो । अनन्त तामाङले ६९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
पिटरको लामो पासमा अनन्तले गोल गरेका हुन् । खेल सकिन ८ मिनेट बाँकी रहँदा अजयीले गोल गरेपछि थ्री स्टार विजयी बनेको थियो । पेनाल्टी बक्समा हुलमुलकाबीचबाट अजयीले गोल गरेका थिए । यो वर्ष मनाङविरुद्धका चारै खेलमा थ्री स्टार विजयी भएको छ । पछिल्लो पटक चैत १ गते यी दुई टोलीले तिलोत्तमा गोल्ड कपको सेमिफाइनल खेलेका थिए ।
फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै थ्री स्टारले तिलोत्तमा गोल्ड कपको उपाधि जितेको थियो । त्यसअघि थ्री स्टारले मदन भण्डारी इटहरी गोल्डकप र बुढासुब्बा गोल्ड कपको उपाधि जितेको थियो । थ्री स्टारले इटहरीमा मनाङलाई नै हराएको थियो ।
फागुन १७ मा चितवनको टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनलमा पनि मनाङ थ्री स्टारसँग पराजित भएको थियो । मनाङले यो सिजन जेसिज कप र दुहवी गोल्ड कपको उपाधि जितेको थियो । थ्री स्टारले उपाधिसँगै १५ लाख र दोस्रो भएको मनाङले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]